मुगु । अविरल बर्षाको कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध भएकाे छ ।
अविरल बर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका विभिन्न स्थानहरुमा लेदोसहित ठुलठुला ढुङ्गा झरेर साेमवार बिहान बाट सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएकाे छ ।
सडक अवरूद्ध हुने बित्तिकै स्काई बेटरलगायत अन्य मेशिन औजारहरू प्रयाेग गरी सडक खुलाउने कामसमेत भैरहेकाे सडक डिभिजन कार्यालय जुम्लाका ईन्जिनियर बिरबहादुर जिटीले बताएका छन् ।
एकाबिहानै देखि सडक अवरुद्ध भएपछि यात्रु तथा माल बाहक गाडीहरू बिच बाटाेमै राेकिएका छन् ।
यस अघि पनि कर्णाली राजमार्ग वर्षाका कारण ४ दिन अवरुद्ध भएको थियो । सडक डिभिजन जुम्ला र सुर्खेत अवरोध खुलाउदै आएका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा