कांग्रेसले टुंग्यायो ६ मन्त्रीको नाम

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने ६ जनाको नाम टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवाले आफ्नो पक्षका ६ मन्त्रीको नाम टुंगाएका हुन्, जसमा प्रकाशमान सिंहले शहरी विकास मन्त्रालयसहित सरकारमा कांग्रेसको नेतृत्व गर्नुहुनेछ ।

यस्तै रमेश लेखकले गृह, डा. आरजु देउवालाई परराष्ट्र र अजय चौरसियालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा दिइने भएको छ ।

ADVERTISEMENT

यसैगरी दीपक खड्काले ऊर्जा तथा सिंचाई तथा संस्थापन पक्षबाट ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बन्ने भएका छन् ।

देउवाले संस्थापन इतर समूहसँग ३ जनाको नाम माग्नुभएकाे छ । संस्थापन इतरका डा. शेखर कोइराला पक्षले भने ४ मन्त्रालय पाउनु पर्ने दाबी गरेको छ । संस्थापन इतर समूहबाट मन्त्री बन्नेको नाम टुंगो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?