कालीकोट । कालीकोटलाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । यसअघि कालीकोटका नौवटै पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएसँगै समग्र जिल्लालाई समेत बिहीबार एक भव्य कार्यक्रमकाबीच घोषणा गरिएको हो । स्थानीय स्रोतको उपयोग, सहयोग र स्वामित्व पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्वास्थ्य कार्यालयले घोषणा कार्यक्रम आयोजना गरेको थियो ।
जन्मिएदेखि ५९ महिनाको उमेरभित्र सबै खोप पूरा गरेको आधारमा सुनिश्चितता घोषणा गरिएको जिल्ला समन्वय समिति कालीकोटका प्रमुख तथा जिल्ला खोप समन्वय समिति अध्यक्ष धनजीतबहादुर शाहीले जानकारी दिनुभयो । बालबालिकाका लागि नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने सम्पूर्ण खोप लगाइएको उहाँले बताउनुभयो ।
खोप कार्यक्रमले बाल मृत्युदर घटाउन, रुग्णता दर घटाउन र अपांगता हुनबाट जोगाउन सफल भएको दाबी गरिएको छ । हरेक वर्ष माघ, फागुन र चैत महिनामा घरधुरी सर्वेक्षण गरेर खोज र खोप अभियान सञ्चालन गरी खोप छुटेका बालबालिकालाई खोप लगाउने गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटक महतले बताउनुभयो ।
१६ देखि ५९ महिनाका बालबालिकाहरुले १५ महिनाको उमेर भित्र पाउने सबै खोप पाएको सुनिश्चित गरेपछि वडाले प्रमाणिकरण गर्ने गर्छ ‘उहाँले भन्नुभयो’ २०७९ असार ३० गते कालीकोटलाई ंपहिलो पटक पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको थियो भने यो दोस्रोपटक हो ।
पूर्णखोप सुनिश्चितता घोषणा कार्यक्रमको औपचारिक घोषणा जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला खोप समन्वय समिति अध्यक्ष धनजीत शाहीले गर्नुभएको थियो । उक्त अवसरमा समन्वय समितिका उपप्रमुख मिना रावत (बिक), प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, महाबै गाउँपालिकाका अध्यक्ष खेम सिंह, खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेश शाही, पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज बिष्ट लगायतले मन्तव्य राख्नुभएको थियो ।
सुनिश्चितता कार्य सफल बनाएको भन्दै जिल्लाका नौवटै पालिका र पालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरुलाई प्रशंसापत्रले सम्मान गरिएको छ । उक्त अवसरमा सहभागीले पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा तथा दिगोपनाको लागि प्रतिबद्धतापत्रमा सामूहिक हस्ताक्षर समेत गरेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts