एलबि मगर
रोल्पा । पहिरोका कारण दुई दिनदेखि अवरुद्ध रोल्पाको सहिद मार्ग अझै सुचारु हुन नसक्दा तीन जिल्लाको यातायात पूर्ण रूपमा ठप्प भएको छ।
पहिरोका कारण अवरुद्ध बनेको सहिदमार्गको मुख्य नाका रोल्पाको होलेरी र दाङको घोराही सडक खण्ड अझै सम्म पनि खुल्न सकेको छैन ।
अवरुद्ध सडक खुल्न नसक्दा दाङको घोराहीदेखि रोल्पा , रुकुम , प्युठान जिल्ला चल्ने सम्पुर्ण यातायातका साधनहरु पूर्ण रूपमा ठप्प छन् । सडकको सम्पुर्ण क्षेत्र दाङ जिल्लाको रहेको भएपन् िपहिरो हटाउन तर्फ जिल्ला प्रशासन कार्यालय दाङले ढिला सुस्ती गरेको, तदारुकता नदेखाएको, प्रयाप्त मात्रामा डोजर परिचालन गर्न नसक्दा हाल सम्म पहिरो हटाउन नसकेको र सडक सुचारु हुन नसकेको स्थानीयले बताएका छन्
अबरुद्ध सडक दाङको घोराही देखि करिब ११ किलोमीटरको दुरिमा रहेको छ। अविरल बर्षाका कारण बुधबार साझ उक्त सडक खण्डको दाङ जिल्लाको दुइखोली, च्यान गैरा लगायतका विभिन्न स्थानमा ठुलो पहिरो जादा सडक अबरुद्ध भएको हो।
रोल्पा स्थित सहिदमार्ग सडक आयोजना कार्यालयका अनुसार उक्त सडक खण्डको विभिन्न स्थानमा सडकको माथिबाट ठुलो मात्रामा लेदोसहितको पहिरो झरेको छ । हटाउनका लागि बिहीबार बिहानै देखि दुई वटा डाजर काम गरिहेका छन् । तर ठूलो मात्रामा पहिरो झरेकाले हटाउन ढिलाइ भइरहेको छ । आज दिउँसो सम्ममा सडक सुचारु हुने सम्भावना रहेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुदा तरकारी बोकेका केही गाडीहरु बुधबार साझ देखि नै बीच सडकमा रोकिएका छन ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts