
प्रचण्ड ‘उर्फ’ पुस्पकमल दाहाल र रवि लामिछानेको राजनीतक धरातलको पृष्ठभूभि हेर्दा उनीहरू हत्या, हिंसा, आतंक, लुटपाट, ठगीले भरिएको छ । भर्खरमात्र जादुयी नम्बरबाट आफ्नो वास्तविक पृष्ठभूमिमा फर्केका प्रचण्ड र रवि राजनीतिक होस् गुमाउँदै छन् । यस्तो अवस्थामा आपूmहरू सत्तामा टिकिरहने चालबाजीमा जस्तोसुकै कदम चाल्न सक्ने अवस्था छ । यी दुवै फरक संगठनबाट आएका भए पनि राजनीतिको धरातलीय भृष्ठभूमि एकै प्रकारको छ । राजनीतिक संगठन फरक भए पनि आचरण र चरित्र भने मिल्दोजुल्दो छ । पत्रकार शालिकराम पुडासैनी र उनकै ड्राइभर रविसँग जोडिएका छन् ।
२०५२ फागुन १ गतेबाट माओवादी भूमिगत भयो । भूमिगत हुनुभन्दा केही समयअगाडि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई उनीहरूले चालीस बुँदे माग बुझाएका थिए । उनीहरूकै शब्दमा ‘जनयुद्ध’ सुरु भयो । यो दश वर्षको अवधिमा सत्र हजार निर्दोष नागरिकले ज्यान गुमाउनु प¥यो । त्यतिकै हाराहारीमा अंगभंग, विधवा विदुर भए नागरिक ।
हजारौं महिलाको सिउँदोको सिन्दुर पुछियो । प्रचण्डलाई त्यो क्रन्दन र वेदनाले छोएन । भूमिगत जीवनमा डा.बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको एजेण्डा बोकेका थिए भने प्रचण्डले संविधानसभाको अडान लिएका थिए । भूमिगत अवस्थामै माओवादी संगठनभित्र चरम द्वन्द्व चर्किसकेको थियो । संगठनमा नेत्रविक्रम चन्द ‘विप्लव’ र मोहन वैद्य ‘किरण’बीच फरक मत थियो । वैधले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगोको झिल्कोसँग नखेल्न चेतावनीसमेत दिइसकेका थिए ।
जब माओवादीमा आन्तरिक रूपमा गम्भीर द्वन्द्व चर्किन थाल्यो प्रचण्ड पथले डा.भट्टरालाई निलम्बन ग-यो र भट्टराईको ज्यान जोखिममा प-यो । यो सबै प्रचण्डपथकै एक सत्य हो । भूमिगत अवस्थामै भट्टराईले आफ्नो शरीर बचाउन सफल भए । २०६३ साल कात्तिक बाईस गते सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे सहमति र २५ बुँदे आचारसंहिता जारी भयो । माओवादीहरू भूमिगत जीवनबाट सार्वजनिक जीवन र माओवादी संगठनलाई पार्टीमा रूपान्तरण गरे । प्रचण्ड र बाबुरामले मोहन वैद्य किरण र नेत्रविक्रम चन्द ‘विप्लव’लाई एजेण्डाका विषयमा झुट बोलेका थिए । अहिले माओवादी टुक्राटुक्रा भएका छन् । यो एउटा पार्टी नभएर संगठन जस्तै बनेको छ ।
सशस्त्र युद्धका प्रभावशाली नेता डा.बाबुराम भट्टराई माओवादीबाट अलग भएर अर्को नयाँ शक्ति पार्टी खोले । पछि नेपाल समाजवादी पार्टीदेखि, (जसपा) सम्म आइपुग्यो । प्रचण्डको संगठनमा डा.भट्टराई, रामबहादुर थापा र किरण वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ जस्ता नेताहरू अटाउन सकेनन् । प्रचण्डको धरातलीय रजनीतिक यात्राका यी गतिला प्रमाणहरू हुन् । भलै प्रचण्डको राजनीतिक यात्रा कायम रहे पनि अब उनको यात्राको अन्त्य राजनीतिक सन्न्यास हो । उनका हालका सहयात्री रास्वपाका सभापति रवि लामिछानेको पनि यो नै अन्तिम अवसान हो ।
यी दुई पात्रको राजनीतिक यात्रा लामो छोटो जे भए पनि राज्य सञ्चालन र देश हाँक्ने हैसियत दुवै खलनायकमा देखिँदैन । प्रचण्ड र रवि राजनीतिक खेलाडी मैदानमा खलनायक नै हुन् । यो राजनीतिक अवसानपछि उनीहरूले राजनीतिक सन्न्यास लिनुभन्दा अर्को कुनै विकल्प बाँकी छैन । भएका सबै विक्लपहरू प्रयोग भइसकेका छन् । एउटै विकल्प बाँकी छ, त्यो हो सत्ता तानाशाहालाई सुम्पेर कुर्सीमा रहिरहनु ।
माओवादी केन्द्र र रास्वपाले आफ्नो धरातलीय राजनीतिक पहिचान दिइसकेका छन् । रानजीतिबाट सन्न्यास लिनुभन्दा उनीहरूको अब अरू कुनै विकल्प छैन । कहिले नेपाली कांग्रेस, कहिले एमालेसँगको सत्ता सहकार्य हुँदै अब राजनीतिक सन्यासमा पुगेका छन् यी दुई संगठन । अस्थिर राजनीति र उथलपुथल विचारका धनी यी व्यक्तिहरूले जनतासामु आफ्नो पहिचान दिइसकेका छन् ।
एउटाले आतंकवादी संगठनका रूपमा र अर्कोले उसैलाई पछ्याउँदै अगाडि बढेका छन् । उनीहरूमा निष्ठाको राजनीति खोज्न अँध्यारोमा बत्ती बाल्नुपर्ने अवस्था छ । हत्या, हिंसा, लुटपाट, ठगी, असुली जस्ता क्रियाकलापलाई आमनागरिकले बुझ्न सुरु गरेका छन् । राजनेतामा हुनुपर्ने कुनै गुण छैन छ त अस्थिरता, सत्ता र कुर्सीको मोह । राज्य र देश चलाउने अनुभव छैन ।
उनीहरूलाई राज्य संयन्त्र र राज्यको सुरक्षा संयन्त्रलाई ध्वस्त र कमजोर नपारेसम्म आफू अनुकुल स्वार्थ लिन सकिँदैन भन्ने कुराको राम्रो ज्ञान छ यी सहयात्रीमा । रगतै रगतले हिलाम्य भएको हाम्रो माटोको दागलाई न प्रचण्ले मेटाउन सक्छन् न त लामिछानेले नै । प्रधानमन्त्री हुनु, मन्त्री हुनु ठूलो कुरा होइन । उनीहरूले त्यो पदमा बसेर देश र माटोलाई के दिए भन्ने कुराले प्रधानता राख्दछ । उनीहरूसँग देश र माटोले मागेको कुराको आशा गर्नु भनेको पृथ्वीको प्रलय हुनु हो ।
राजनीतिमा व्यक्तिगत स्वार्थ त्याग्नै पर्छ, जुन कुरा दाहाल र लामिछानेको हकमा लागू हुन सक्तैन । उनीहरू राज्य संयन्त्र र सुरक्षा निकायलाई कमजोर बनाएर स्वार्थ अनुकुल परिचालन गर्न चाहन्छन् । यो विषयमै दाहाल, लामिछानेको ऐक्यबद्धता छ । ठोकेरै भन्न सकिन्छ यी राजनीतिक प्राणी होइनन् र राजनीतिको चेतना छैन । संविधानमाथि कुठराधात भएन भने उनीहरूको अबको यात्रो राजनीतिक सन्न्यास नै हो ।
२०६४ सालको संविधानसभाको निर्वाचनमा माओवादी अग्रस्थानमा आयो । प्रचण्ड ‘उर्फ’ पुष्पकमल दाहाल प्रधानमन्त्री र रामबहादुर थापा रक्षा मन्त्री बने । त्यतिबेला नै प्रचण्डले राष्ट्रिय सुरक्षा निकायका प्रमुखको मनोबल गिराउने काम गरे । तत्कालीन प्रधानसेनापति रुकमाङ्गद कटवाललाई हटाएर सेनामा दोस्रो बरियतामा रहेका कुलबहादुर खड्कालाई कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी दिइयो । तर, २०६६ वैशाख बीस गते राष्ट्रपति रामवरण यादवले नेपाली सेनाभित्र प्रवेश गरेको प्रचण्डको राजनीतिलाई ठेगानामा ल्याएर प्रधानसेनापति कटवाललाई पदवहाली गरिदिए । सेनाले आतंकवाद, अतिवाद, उग्रवाद र अधिनायकवादसँग आत्मसमर्पण गर्दैन भनेकै भरमा प्रचण्ड सेनामाथि जाइलागेका थिए । कटवालले माओवादी पीडितको ज्ञापनपत्र बुझेसँगै प्रचण्ड नेपाली सेनासँग रुष्ट भनेका थिए ।
यही वैशाख सत्र गते राति संसद्का दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व मिलेर गर्ने सहमति भएपछि दाहाल लामिछानेको अस्थिर राजनीतिको यात्रामा ब्रेक लागेको छ । तस्करको रिमोट कन्ट्रोलबाट सञ्चालित दाहाल लामिछाने सरकार अस्ताउने भएपछि तत्काल राजीनामा दिएर नयाँ सरकार गठन गर्ने मार्ग प्रशस्त गर्नुको सट्टा भारी मतान्तरले विश्वासको मत गुमाएका प्रचण्डले संवैधानिक हकका नाममा आउँदो २८ गते विश्वासको मत लिने प्रपञ्च गर्दैछन् । कांग्रेस–एमालेले वर्तमान संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार गठन गर्नु उचित देखिन्छ ।
दाहाल लामिछाने राजनीतिक संगठनको जन्म पनि लगभग एकै प्रकारले भएको छ । दशकौं लामो राजनीतिक इतिहास बोकेका पार्र्टीहरूलाई उछिनेर अगाडि आउनुमा पुराना राजनीतिक पार्टीप्रतिको जनताको वितृण हो । जनताले यी दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेलाई सचेत गराइसकेका छन् । गत निर्वाचनको परिणामको पाठ यसकै एउटा उपज हो । नेपाली राजनीतिको प्रजातान्त्रिक आन्दोलनमा कुनै राजनीतिक दलको भूमिका छ भने कांग्रेस–एमालेको नै छ । यसोभन्दा हिचकिचाउनुपर्ने अवस्था छैन तर हिजो उम्रिएका राजनीतिक संगठनहरूको राजनीतिक धरातल र पृष्ठभूमि खराब र अस्थिर छ । त्यसैले जनतालाई अब गठन हुने दुई ठूला राजनीतिक दलले सम्बोधन गर्नै पर्छ ।
प्रजातन्त्रको पुनर्वहाली २०४६ पछि जन्मिएका टुक्रे राजनीतिक संगठनहरूले छोटो समयमा खोक्रो लोकप्रियता कमाउनुमा पुराना राजनीतिक दल कहीँ न कहीँ चुकेको देखिन्छ । उनीहरूले विगतको हविगत र पाठ सिक्नु जरुरी छ । २०४८ देखि २०५२ को बीचमा अहिलेका माओवादी नेताहरूले आफ्नो अस्तित्व बचाउन दश– बाह्रजनाको गुटमा साँझ पख रत्नपार्कमा राँके जुलुर बाल्ने गर्थे कहिले पम्फा भुषाल त कहिले बाबुराम भट्टराईको नेतृत्वमा । उनीहरूको पार्टी कार्यालय नरदेवीमा थियो । माओवादी भूमिगत हुनुअगाडि पार्टी कार्यालयमा कालो चिया र ‘ट्रे’ मा बिस्कुटको खाजा दिएर पत्रकार सम्मेलन गरेका थिए । अहिले तिनै नेताहरूको अर्बौंको सम्पत्ति छ । भव्य महलमा आसिन छन् । प्रचण्डले त आपूm प्रधानमन्त्री भएपछि एक लाखभन्दा महँगो खाट बालुवाटारमा भित्र्याए ।
पछिल्लो पटक २०७९ को निर्वाचनपछि जादुई नम्बर प्राप्त गरेका प्रचण्डले आफू प्रधानमन्त्रीमा नियुक्त भएकै दिन बानेश्वरस्थित संसद् भवनको प्रमुखद्वारमा मानव तस्कर र म्यानपावर व्यवसायीसँग संयुक्त रूपमा फोटो सेसन गरेका थिए । त्यतिबेला उनलाई कूटनीतिक नियोगका प्रमुखदेखि विशिष्ट व्यक्तिहरूले पूmलमाला लगाएर स्वागत गर्नुपर्नेमा मानव तस्कर, ठग, भ्रष्टाचारीहरूले स्वागत गर्न पुगे । त्यसबेला गरिएको फोटो सेसनका फोटाहरू अहिलेसम्म म्यानपावर कार्यालयमा झुण्डिइरहेका छन् भने गरिब नेपालीहरू विदेशी भूमिमा दास भएर, विदेशीकै जेलमा कुहिएका, कोचिएका छन् ।
अब नियुक्त हुने प्रधानमन्त्री र मन्त्रीहरूले त्यस्तो खाले आचरण देखाउनु भएन । मानव तस्करी, भ्रष्टाचारी र ठगीमा लागेका समूहसँग निकटता बढाउनु भएन । यदि फेरि त्यस्तै प्रकृतिको अवस्था सिर्जना गरियो भने जनतामा झनै निराशा बढ्नेछ । प्रचण्डले उनको संगठनमा भर्ना गरेका करिब पाँच सात हजार गुरिल्लाहरूको संख्या बढाएर बाईस हजार पु-याए । आफू सरकारमा भएको बेला उनीहरूलाई राहतस्वरूप राज्यको ढुकुटीबाट ठूलो धनराशी बाँडे । सत्र हजार निर्दोष नागरिकको हत्या, हिंसा, बलात्कार गरेर बाईस हजारलाई राहत दिए । माओवादी संगठनमा भर्ना भएका अधिकांश युवायुवतीहरू अहिले रोजगारीका लागि खाडी मुलुकमा छन् । ठूलो संख्यामा अलपत्र र खाडीकै जेलमा छन् । प्रचण्डले क्यान्टोनमेन्टको रकम घोटला गरे ।
रास्वपाका सभापति रवि लामिछानेकै प्रसंग उठाउने हो भने उनी पनि प्रचण्ड पथमै छन् । अमेरिकमा नौवटा मुद्दामध्ये चारवटा मुद्दाको सुनुवाइ हुनै बाँकी छ । हारेका मुद्दाको बीस हजार डलर तिर्नै बाँकी छ । सामाजिक सञ्जालमा मैले अमेरिकामा पचास हजार अमेरिकी डलर कमाउनेको बीस हजार जरिवाना किन तिर्न सकिएन ? जब अमेरिकी राष्ट्रपतिको मासिक सेवासुविधा पचास हजार छैन । गरिब नागरिकले छाक काटेर जम्मा गरेको सहकारीको रकम गोर्खा मिडिया नेटवर्कको नामा लुटेका छन । ठगीको अनुसन्धान गर्ने कर्मचारीलाई सरुवा गरिएको छ । आफू अनुकूलका कर्मचारीलाई त्यो ठाउँमा पदस्थापन गरिएको छ । सहकारी ठगीको मुद्दामा संसदीय छानविन समिति र अदालतमा सुनुवाइ भइरहेको छ ।
अलिकति पनि नैतिकता थियो भने पदबाट राजीनामा दिएर अनुसन्धानको मार्ग प्रशस्त गर्न सकिन्थ्यो । पुष्पकमल दाहाल र रवि लामिछाने एक अर्काका प्रयाय हुन् । उनीहरूमा राजनीति गर्ने र राजनेता हुने कुनै गुण छैन । त्यसैले यी दुई खलनायकको अबको बाटो भनेको राजनीतिक सन्यास लिनु नै हो । भलै निर्वाचनमा सहभागी भएर दुई–चार सिट ल्याउलान तर उनीहरूको राजनीतिक सन्न्यासको यात्रा संसद्बाटै हुन्छ । किन भने दाहाल र लामिछानेको यात्रा राजनीतिबाट जन्मेर सुरु भएको होइन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच