इंग्ल्याण्ड । इटालियन स्टार जास्मिन पाओलिनी विम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फ सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । सेन्ट्रल कोर्टमा सातौँ वरीयताकी पाओलिनीले अमेरिकाकी इमा नाभेरोलाई २-० को सोझो सेटमा पराजित गर्नुभयो । उहाँले खेल ६-२, ६-१ ले आफ्नो पक्षमा पार्नुभएको हो । पाओलिनीले फाइनल प्रवेशका लागि क्रोएसियाकी डोना भिकिचको सामना गर्नुहुनेछ । भिकिचले न्युजिल्याण्डका लुलु सुन २-१ सेटमा पुनरागमन जित निकाल्नुभएको थियो । पहिलो सेट ५-७ ले गुमाउनुभएकी भिकिचले त्यसपछिका दुई सेट ६-४ ६-१ ले आफ्नो पक्षमा पार्नुभयो ।
यस्तै, विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा साबिक विजेता कार्लोस अल्कारेजले ड्यानिल मेदभेदेवको सामना गर्ने हुनुभएको छ । स्पेनिस स्टार विश्व नम्बर तीन अल्कारेजले अमेरिकाका टोमी पउलविरुद्ध ३-१ सेटको पुनरागमन जित निकाल्नुभएको हो । पहिलो सेट ५-७ ले गुमाउनुभएका अल्कारेजले त्यसपछिका तीन सेट ६-४, ६-२, ६-२ ले आफ्नो पक्षमा पार्नुभयो ।
यसैगरी पाँचौँ वरीयताका रसियन स्टार मेदभेदेवले विश्व नम्बर एक इटालियन खेलाडी जानिक सिनरविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्नुभयो । पहिलो सेट ६-७ (७-९) ले गुमानुभएका मेदभेदेवले त्यसपछिका दुई सेट ६-४, ७-६ (७-४) ले आफ्नो पक्षमा पार्नुभयो । चौथो सेटमा २-६ ले पछि पर्नुभएका मेदभेदेवले पाँचौँ तथा निर्णायक सेटमा ६-३ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्नुभएको हो । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता