काठमाडौं । विराट म्युजिक एण्ड फिल्म अवार्डको दोस्रो संस्करणको नोमिनेसन सार्वजनिक गरिएको छ । नेपाली गीतसंगीत र चलचित्र क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणको नोमिनेसन आइतबार सार्वजनिक गरिएको हो । संगीतको २४ विधा र चलचित्रका सात विधागरी जम्मा ३१ विद्यामा नोमिनेसन सार्वजनिक गरिएको कार्यक्रम संयोजक सुरज पौडेलले जानकारी दिनुभयो ।
अवार्डको फाइनल यही असार २८ गते शुक्रवार काठमाडौंमा हुने आयोजकले जनाएको छ । अवार्डको पहिलो संस्करण २०७८ सालमा सम्पन्न भएको थियो । बीचमा केही प्राविधिक कारण रोकिएको अवार्ड अबको वर्षबाट निरन्तर हुने कार्यक्रम संयोजक पौडेलले बताउनुभयो । सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा हुने कार्यक्रममा २०७९ सालमा प्रदर्शनमा आएका चलचित्र र गीत संगीत समाबेश गरेर उत्कृस्टलाई अवार्ड प्रदान गरिने भएको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा