सिन्धुली । अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–२ कमिरेफाँटमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेकाअनुसार राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोको कारण विहानदेखि राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्ग अवरुद्धहुँदा शनिबार विहान ५ बजेदेखि संयौँ सवारी साधनहरु रोकिएका छन् । यात्रुहरु अलपत्र अवस्थामा छन् । वर्षा निरन्तर भइरहेकाले अवरुद्ध राजमार्ग सूचारु गर्न समस्या भइरहेको छ । सिन्धुली प्रहरीको अगुवाईमा जेसिभिले राजमार्ग पन्छाउने काम भइरहेको प्रहरी उपरिक्षक काफ्लेले बताउनुभयो ।
बर्षादको समयमा हुन सक्ने जोखिमलाई ध्यान दिएर यात्रा अगाडी बढाउनु हुनसमेत उहाँको आग्रह छ । यसैबिच मध्यमहाडी राजमार्गअन्र्तगत रहेको गोलञ्जोर गाउँपालिका–६ अकरेभिर र फिक्कल गाउँपालिका–२ सुनामबेसीमा पनि पहिरोसहित बगेर आएको लेदोले विहान सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक प्रहरीको सक्रियतामा पन्छाएर सुचारु गरिएको प्रहरी उपरिक्षक काफ्लेले बताउनुभयो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts