पोखरा । नवौं संस्करणको मिस एसइई पोखराको ताज युजिन घलेले चुम्नु भएको छ । सिर्जना बोडिङ स्कुलकी घलेले उपाधिसँगै वेष्ट क्याटवाक, मिस टेलेन्ट र मिस भ्युअर च्वाइस पनि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ ।
प्रतियोगितामा क्रमशः फष्ट रनर्रअपमा शिशु निकेतन सेकेण्डरी इंग्लिस स्कुलकी श्रेया मल्ल र सेकेण्ड रर्नर अपमा पिस जोन एकेडमीकी रोजीना चोखाल विजयी बन्नुभयो । श्रेयाले मिस पर्सनालिटी र वेष्ट ड्रेस अर्वाड पनि जित्न सफल हुनुभयो ।
रोजिनाले मिस फोटोजेनिक अवार्ड पनि चुम्नुभयो । सातवटा सब टाइटल रहेको यस प्रतियोगतामा मिस वेष्ट स्माइलको उपाधि जियाना आचार्यले हात पार्नुभयो । पत्रकार एवं फेशन कोरियोग्राफर जयन सुब्बा मानन्धरको कोरियोग्राफी रहेको प्रतियोगिताको निर्णायक मण्डलमा स्त्रीरोग विशेषज्ञ डा.निरज दुबे, लोकगयिका सुनित दुलाल, पत्रकार दीपेन्द्र श्रेष्ठ, जेसिज पोखराका अध्यक्ष देवराज शर्मा एवं मिस एसएलसी पोखरा २०१६ प्रेरणा पराजुलीलगायतका रहनुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता