झापा । घरमा पेस्तोल राखेर आफ्नै भाउजूलाई धम्क्याउने झापा बिर्तामोड नगरपालिका-७ फक्तालुङ सिरानटोलका सुरेश पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ ।
भाउजू गीतासँग झगडा गर्दै गर्दा ३० वर्षीय सुरेश बुधबार राति पक्राउ परेको बिर्तामोड प्रहरीले जनाएको छ । झगडा गर्दै गरेको सूचना पाएर पुगेको प्रहरीले सुरेशको घर खानतलासी गरेको थियो ।
सोही क्रममा कोठामा लुकाइ राखेको बिडसहितको १० इन्च लम्बाईको कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ । कटुवा पेस्तोलसहित पक्राउ परेका पराजुलीलाई इलाका प्रहरी कार्यालय राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






