काठमाडौं । पहिलो संस्करणको सहाना प्रधान यू-१९ महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ कोशी प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । कोशी प्रदेशले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार कोशीले मधेश प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो । कोशीले खेल २५-११, २५-१४, २५-१२ ले आफ्नो पक्षमा पार्यो । कोशी प्रदेशले कर्णाली प्रदेशविरुद्ध ३-० को जित निकाल्दा मधेश लुम्बिनीसँग ३-० कै सेटमा पराजित भएको थियो ।
जितसँगै समूह ‘ए’ को कोशीले ६ अंक जोड्यो । लगातार दोस्रो हार बेहोरेको मधेश अंकविहीन छ । यसैगरी महिलातर्फ नै गण्डकी प्रदेशले सुदूरपश्चिमविरुद्ध ३-१ सेटको पुनरागमन जित निकाल्यो । पहिलो सेट २२-२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेट २५-१४, २५-९, २५-१५ ले आफ्नो पक्षमा पारेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता