काठमाडौं । नेपालले सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित सात पदक जितेको छ । प्रतियोगितामा सात खेलाडी सहभागी भएकोमा सबैले पदक जितेका हुन् । नेपालले थप एक रजत र एक कांस्य पनि जित्यो । नेपाली टोलीले ग्योरोगीमा ६ र पुम्सेमा एक गरी सात पदक जितेको हो ।
पुरुष सिनियर ८० केजीमुनि रञ्जित डगौरा, ६८ केजीमुनि कुमार लावत र ५८ केजीमुनि प्रवीणजंग खड्काले स्वर्ण जित्नुभयो । पुरुष सब जुनियरको २३ केजीमुनि संयोग खड्का तथा क्याडेट महिलाको ३३ केजीमुनि सुसन्ध्या खड्काले स्वर्ण हात पार्नुभयो ।
भारतको गोआमा जुन २१ देखि २३ तारिखसम्म भएको प्रतियोगिताको सब जुनियर पुरुष ३२ केजीमुनि रघुनाथ भण्डारीले रजत तथा यू-१२ एकल पुम्सेमा आभास देवले कांस्य प्राप्त गर्नुभयोे । नेपाली टोलीको प्रशिक्षकमा दिपेश जोशी र टिम व्यवस्थापकमा सरिता थापा रहनुभएको छ ।






