
झापा । झापाको शिवसताक्षी नगरपालिका ३ साविक धरमपुर १ मा कमल नदी बस्तीमा पसेको छ । नदी बस्तीमा बस्दा छविलाल दाहाल, धनमाया दाहाल, फुलामाया दाहालको परिवार विस्थापित भएको छ ।
छविलाल र धनमाया दुई र दुई र फुलमायाको परिवारका चार जनालाई उद्दार गरी सुरक्षित स्थलमा सारिएको घटनास्थलमा रहनु भएको नेपाली कांग्रेस झापा ४ प्रदेश १ का सभापति विनोद ढकालले जानकारी दिनुभयो ।
स्थानीयबासी समेत रहनु भएका ढकालले त्यहाँ अहिले नेपाल प्रहरीको टोली परिचालित भएको बताउनुभयो ।
सयौँ बिघा जमिन डुबान भएको छ । नदीले कटान सुरु गरेको छ । बाढीको कटानले शिवसताक्षी ३ र ४ को सीमामा रहेको कमल पुललाई पनि क्षति पुर्याउन सक्ने सम्भावना बढेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच