भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा संचालन हुन लागेको प्रथम गोल्डकप फुटबल खेल प्रतियोगिताको तालिका सार्वजनिक गरिएको छ ।
खेलकुद क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले माघ १ गतेबाट गाउँपालिकाको केन्द च्याङग्रेको रंगशालामा संंचालन हुने पौवादुङमा गोल्डकप फुटवल प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाउने भएका छन् । गाउँपालिकाको सहयोगमा गोल्डकप तथा बृहत माघी मेला मूल आयोजक समितिको आयोजनामा फुटवल तथा माघी मेला आयोजना हुन लागेको हो । प्रतियोगिता अन्तर्गत शहिदभूमि गाउँपालिका धनकुटा, अरुण गाउँपालिका, षडानन्द नगरपालिका, दिप्रुङ चुईचुम्मा खोटाङ, आम्तेक ११ भोजपुर, द एट स्टार क्लव चम्पे, नेपाल प्रहरी बिराटनगर, छथर गाउँपालिका तेह्रथुम, पञ्चकन्या फुटवल क्लव च्याङग्रे, टेम्केमैयुङ गाउँपालिका, पौवादुङमा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका खोटाङ, देउराली फुटवल क्लव च्याङग्रे, तिवारीभञ्ज्याङ फुटवल क्लव, श्रीनयाँ श्रीनाथ गण भोजपुर र फेन्डस क्लव तिवारीभञ्ज्याङको सहभागिता रहने मूल आयोजक समितिका संयोजक चोलप्रसाद आलेले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तर्गत विजेता टिमले नगद तीन लाख र उपविजेताले नगद दुई लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट डिफेन्डरलाई जनही पाँच हजारका साथमा ट्रफी र उत्कृष्ट खेलाडीले नगद १५ हजार साथमा ट्रफी पाउने आयोजक समितिका सचिव देउमान राईले बताउनुभयो ।
प्रतियोगिता तथा मेलाले पालिकाको पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्ने गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । “गाउँपालिकाको आर्थिक व्यवस्थापनमा हामीले पौवादुङमा गोल्डकप सञ्चालन गर्न लागेका हौँ ।” अध्यक्ष राईले भन्नुभयो । गाउँपालिकाको केन्द्रमा पहिलो पटक गोल्डकप फुटवल र माघी मेला हुने भएपछि स्थानीयमासमेत उत्साह थपिएको छ ।
माघ १ गतेबाट ९ गतेसम्म संचालन हुने प्रतियोगिता तथा मेलामा राष्ट्रिय कलाकारहरु शम्भु राईसहित बेजोड सांगीतिक प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ ।
तालिका








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts