बर्दिया । बर्दियामा लागु औषध सहित श्रीमान श्रीमती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
पक्राउ पर्नेमा, जिल्ला बर्दिया बाँसगढी नगरपालिक वडा नं ३ लक्ष्मणपुर बस्ने बर्ष २८ को उमेश खत्री र निजको श्रीमती बर्ष अन्दाजी २५ की अनिता खत्री रहेका छन् ।
लागुऔषध कारोबार गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा खटिएको सयुक्त प्रहरी टोलीले निजहरुको घरमा खानतलाशी लिँदा भान्छा घरमा लुकाई छिपाई राखेको अवस्थामा शुद्ध तौल १०.८८० ग्राम लागु औषध ब्राउन सुगर फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
साथै प्रहरीले खानतलासीको क्रममा लागुऔषध सँगै डिजिटल तराजु थान १ एक र नेपाली नगद १२ हजार ९ सय ६० रुपैया पनि बरामद गरेको छ ।






