काठमाडौं । विश्व एक्वेटिक्स दिवसका अवसरमा नेपाल पौडी संघले प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता असार २२ देखि २३ गतेसम्म हुनेछ । प्रतियोगितामा खुला र उमेर समूहमा गरी जम्मा ६५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका सचिव गंगालाल गोलेले जनाउनुभएको छ । सट कोर्स प्रतियोगितामा करिब तीन सय खेलाडीको सहभागिता रहने बताइएको छ ।
राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई पाँच हजार नगदबाट पुरस्कृत गरिनेछ । सहभागिताका लागि अनलाइन दर्ता खुला भइसकेको सचिव गोलेले बताउनुभयो । खेलहरू सातदोबाटोस्थित हिटिङ पौडी पोखरी खेलाइनेछ । गत वैशाख ८ गते पौडी संघको नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि संघको यो पहिलो प्रतियोगिता हो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts