काठमाडौं । नवपुस्तकालय तथा ज्येष्ठ नागरिक समाजका संस्थापक अध्यक्ष विष्णुप्रसाद पन्तको सभापतित्वमा मानवपुस्तक कार्यक्रम आयोजना गरियो । यस पटकको मानवपुस्तक द्वय-पूर्वसचिव, राजदूत, संयुक्त राष्ट्रसंघका पूर्वप्रतिनिधि मधुरमण आचार्य र साहित्यकार तथा वरिष्ठ पत्रकार, रचनाका सम्पादक रोचक घिमिरेको रहनुभएको थियो । साहित्यकार सुशीला शर्मा धमलाको उद्घोषणमा वरिष्ठ युरोलोजिष्ट प्रा.डा.अर्जुनदेव भट्टको स्वागत मन्तव्यलगत्तै एक–एक घण्टा दुई व्यक्तित्वका अनुभव अभिव्यक्त भएका थिए ।
पहिलो चरण समाप्तिलगत्तै रचना वाचन, शुभकामना, धन्यवादको क्रम सुरु भएको थियो । यस क्रममा-कृष्णप्रसाद बस्याल, लव खड्का, सुचिता काफ्ले, सुरेशकुमार भट्ट, निर्मलरमण पराजुली, महेशप्रसाद रिजाल, तेजनाथ दंगाल, विजयध्वज थापा, सुन्दर खड्का, रामचन्द्र घिमिरे, दाहाल कल्पना, सावित्री अधिकारी, शिवराज भण्डारी, रविराज खनाल, थरेन्द्र बराल, मुकुन्द पौडेल, रामचन्द्र दाहाल, विनोद दाहाल वत्स, वासुदेव गुरागाई, वसन्त रिजाल, माधवलाल श्रेष्ठ, दुर्गा अधिकारी भँमरकोटे, सुशीला शर्मा धमला, हरिभक्त सिग्देल (शुभकामना मन्तव्य), कलानिधि दाहाल (धन्यवाद मन्तव्य) रहेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता