काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपालले होटल तथा रेष्टुरेण्ट एसोसिएसन, रेडियो, टेलिभिजन, इभेन्टभेन्यु लगायतलाई रोयल्टी तिर्न भन्दै पत्र काटेको छ । यी संस्थामा गीतसंगीतको सार्वजनिक प्रयोग भएको र त्यसबापतको रोयल्टी नतिरिएको भन्दै रोयल्टी तिर्न पत्राचार गरेको हो ।
‘नेपाली तथा विदेशी गीतसंगीत तपाईंको संस्था, संस्थाका सदस्यले सार्वजनिक प्रयोग गर्ने भएको हुँदा सो प्रयोग गरेबापत निज संस्थाले रोयल्टीबापतको भुक्तानी गरेको नपाइएको छ’, पत्रमा अगाडि भनिएको छ, ‘अविलम्ब रोयल्टी भुक्तानी गरिदिनका लागि सूचना प्रकाशित गरी त्यहाँका सम्पूर्ण सदस्यहरूलाई सूचित गरिदिनुहुन अनुरोध गर्दछौं ।’
समाजका महासचिव बि.पाण्डे (बद्री पाण्डे)ले सार्वजनिक गीतसंगीत प्रसार गर्ने सबैलाई पत्र काटेको बताउनुभयो । समाजले सार्वजनिक गीतसंगीत प्रसार गर्ने को-को हो भनेर एउटा पहिचान गरेको र ती सबैसँग रोयल्टीका लागि पत्रचार हुने उहाँको भनाइ छ । ‘सार्वजनिक यातायात, क्याफे, पाटी प्यालेसलगायत विभिन्न ठाउँ जहाँ म्युजिक अत्यधिक प्रयोग हुन्छ’, पाण्डेले भन्नुभयो, ‘ती सबैले रोयल्टी तिर्नुपर्छ । त्यसको प्रक्रियामा हामी छौं ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts