संसद् भवन परिसरमा प्रहरी जवानद्वारा आत्महत्या

रासस

काठमाडौं । नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।

संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरेले बताउनुभयो ।

ADVERTISEMENT

प्रहरी जवान गोलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेकाे उहाँले जानकारी दिनुभयो । घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *