काठमाडौं । गायक पुष्पन प्रधानले मण्डला थिएटरमा गुञ्जिनु भएको छ । ‘पक्षी : कथा भन्ने, गाउने’ शीर्षकमा सोमबार साँझ मण्डला थिएटरमा आयोजित कन्सर्टमा उहाँले आफ्नो ‘पुष्पन अनि सारथी’ ब्याण्डका साथ गीत प्रस्तुत गर्नुभएको थियो । खचाखच दर्शकमाझ भएको कन्सर्टमा पुष्पनले गीतभित्रका कथाहरू सुनाउँदै फरक तरिकाले गीत प्रस्तुत गर्नुभएको थियो ।
‘बाबुको जुँगो, कमाने आमा, पक्षी, ठुल्दाजु’लगायतका गीत उहाँले गाउनुभएको थियो । पुष्पनले गीतकार श्रवण मुकारुङको ‘सुन रे सियाराम’, कुमार नगरकोटीको ‘ओ फकिरा’ पनि गाउनुभएको थियो । पुष्पनले करिअरमा पहिलो पटक यस किसिमको कार्यक्रम गर्न पाएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो ।
यसैबीच, उहाँले भजनशिरोमणि स्वर्गीय भक्तराज आचार्यप्रति सम्मान व्यक्त गर्दै उहाँका दुई छोरा सत्य-स्वरूपलाई स्टेजमै आमन्त्रण गर्नुभयो र आफ्ना बुबाको कालजयी गीत ‘जहाँ छन् बुद्धका आँखा’को केही लाइन गाइदिन अनुरोध गर्नुभयोे । सत्य-स्वरूपले आफ्नो उही अन्दाजमा यो गीतका केही लाइन गाउनुभएको थियो ।
पुष्पनका गीतमा समाज बोल्छन्, दुखाइ र भोगाइ बोल्छन् । परदेशका कथा बोल्छन्, सँगै प्रेमिल भाव पनि व्यक्त हुन्छन् । ‘धिनधिना’ र ‘पक्षी’ गीतबाट नेपाली सांगीतिक आकाशमा जबर्जस्त उडान भर्नुभएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts