काठमाडौं । यही शुक्रबार अर्थात् असार ७ (जुन २१) मा काठमाडौंको कमलादीस्थित स्काई वाक टावरमा म्युजिक एण्ड फुड फेस्टिभल हुने भएको छ । विश्व संगीत दिवसको अवसर पारेर नेपाल सांगीतिक संघ र स्काई वाक टावर सञ्चालक वन्डर्स नेपालले फेस्टिभल आयोजना गर्न लागेको हो । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष मिलन मोक्तानले फेस्टिभलमा कलाकारलाई सम्मानसँगै सांगीतिक प्रस्तुति रहने जानकारी गराउनुभयो ।
स्काई वाक टावरका प्रमुख कार्यकारी अधिकृत कवीन्द्र श्रेष्ठले स्काई वाक टावरलाई चिनाउनका लागि फेस्टिभलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा कला साधक तथा संगीतकार सिके रसाइलीलाई ‘शिव शंकर मानन्धर राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार,’ गीतकार कालीप्रसाद रिजाललाई ‘रत्न शमशेर थापा राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार,’ गायिका मीरा राणालाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार,’ ओमविक्रम विष्टलाई ‘पुष्प नेपाली राष्ट्रिय सांगीतिक तथा सम्मान पुरस्कार,’ राजेशपायल राईलाई ‘फत्तेमान राजभण्डारी राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार,’ देव रानालाई ‘शुभबहादुर सुनाम राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार,’ विजय लामालाई ‘लाल समुद्र स्मृति राष्ट्रिय बहुप्रतिभा सांगीतिक सम्मान तथा पुरस्कार,’ सुरेन्द्र श्रेष्ठलाई ‘नेपाल सांगीतिक संघ राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार’ र भैरवबहादुर थापालाई ‘राजेश-लक्ष्मी नृत्य गुरु विशिष्ट सम्मान तथा पुरस्कार’ प्रदान गरिने भएको छ । पुरस्कारमा सम्मानपत्र र नगद राशि जनही २५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा ओमविक्रम विष्ट, राजेशपायल राई, लाक्पा शेर्पा, सूर्य थुलुङ, प्रदीपराज पाण्डे, मनोज गुरुङ, यम बराल, राजनराज शिवाकोटी, धीरज राई, सत्यराज आचार्य, स्वरूपराज आचार्य, आनन्द कार्की, उदेश श्रेष्ठ, विश्व नेपाली, सुरज थापा, दिलिप लामा, दीपक लिम्बू, दावा फिन्जो लामा, भीषण मुकारुङ, टीका प्रसाईं, विकास लामा, देव राना एण्ड द जेन्टलमेन ब्याण्ड, आशिष अविरल, गणेश पराजुली, यशोदा पराजुली, देविका बन्दना, सहिमा श्रेष्ठ, प्रकाश तिमिल्सिनालगायतले सांगीतिक प्रस्तुति दिने जनाइएको छ । कार्यक्रमको व्यवस्थापन साधना कला केन्द्रको रहनेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts