खडेरीले मुहान सुके : खानेपानीको अभावले काकाकुल बन्दै गमगढीबासी

निर्पेन्द्रबहादुर मल्ल
निर्पेन्द्रबहादुर मल्ल
Read Time = 4 mins

मुगु । खडेरीले पानीका मुहान सुकेपछी गमगढी बजारमा खानेपानी वितरणमा लोडसेडिङ्ग गरिएको छ ।

गमगढी खानेपानी उपभोक्ता समितिले खडेरिका कारण मुहान सुक्न गै पानीको क्षमता घटेको भन्दै साविक झै नियमित पानी दिन नसकेपछि पानी वितरणमा लोडसेडिङ्ग गरेको हो ।

यसै त गमगढीबासीले आवश्यकता अनुसार प्रयाप्त पानी नपाइरहेका बेला यो वर्ष खडेरी परि पानीका मुहानहरु सुक्न थालेपछी झनै काकाकुल भएको हो ।

गमगढी बजारमा ७ सय बढी घरधुरी छन् । गमगढी खानेपानीले ४ सय घरमा खानेपानी दिएपनि त्यो नियमित छैन । आवश्यक संरचना र पाइप लाइन नहुँदा पानी अपुग भएपछी केही उपभोक्तालाई विहान १ घण्टा र केही उपभोक्तालाई बेलुका १ घण्टा खानेपानी दिदै आएकाे तर खडेरीले आइरहेको पानीको मुहान सुकेर पानी कम आउन थालेपछि १ दिन विराएर खानेपानी विहान बेलुका १ घण्टा उपभोक्तालाई लोडसेडिङ मिलाएर वितरण थालिएको गमगढी खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोर्ख बहादुर मल्लले बताउनु भयो ।

उहाँले भन्नूभयो ,'गमगढिबासीलाई प्रयाप्त मात्रामा खानेपानी दिन सकिरहेका छैनौ, मुहान बजारबाट १५ किलोमिटर टाढा छ इन्टेक, च्याम्बर पाइपलाइन २०५६ सालको तत्कालिन बजारका ९० घरधुरीलाई लक्षित गरि बनाइएका क्षमताका छन् । त्यस यता बजारको जनसख्या,घरधुरी बढेर ७०० बढी पुगिसक्यो संरचना, क्षमता पुरानै छन, पानीको मुहान बढाउन, रिजर्भवायर टंकी,पाइपलाइन, इन्टेक, च्याम्बर बनाउन २०७४ यता न नगरपालिका न कर्णाली प्रदेश सरकार नत संघीय सरकार कसैले चासो दिएका छैनन, गमगढिका जनता त जनता नै होइनन् जस्तो गरेका छन, हाम्रो आर्थिक क्षमताले भ्याउदैन । पानी महशुल बापत उठेको पैसा कर्मचारीलाईसमेत पुग्दैन ।'

ADVERTISEMENT

खानेपानीमा लोडसेडिङ्ग र आवश्यकता अनुसार धारामा पानी नआएपछी अहिले गमगढी बजार काकाकुल बनेकाे छ । बजारबासी खानेपानी ल्याउन चैनखोला, हुलुम खोला, नाउला, नाउर र कार्किबाडामा रहेका धारामा जाने गरेका छन् ।

पहिला झ्यारी खोलाबाट ६५ एमएमको पाइपमा फुल पानी आउथ्यो तर अहिले खडेरीले मुहान सुकेपछी हिजोआज ५० एमएम पाइप बराबरको पानी मुल पाइपमा आउने गरेको गमगढी खानेपानी उपभोक्ता समितिका सचिव नेता प्रसाद चौलागाइले जानकारी गराउनु भयो ।

सुख्खा र गर्मी दिनमा पानी पर्याप्त पिउनु पर्ने र सरसफाइमा ध्यान दिनु पर्ने भएपनी बजार बासीलाई जीवनसङ्ग जोडिएको खानेपानीसम्म पाउन सकेका छैनन् ।

खडेरीले गमगढी बजारमा वितरित पानी मात्र सुकेको छैन । जिल्लाभरिका पानीका मुहार सुकेका छन् । मुहानहरु सुकेर पानीको मात्रा घटेपछी गाउँघरमासमेत खानेपानीको समस्या बढदै गएको श्रीनगर गाउँका स्थानिय मोहन कुमार मल्ल बताउनु हुन्छ ।

मुहान सुक्न थालेपछि धारा, पधेरा, नाउलाहरुमा पानी भर्नका लागि मानिसहरुको भिड लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज