काठमाडौं । बालप्रतिभा कल्पना विष्टको मिठो स्वरमा रहेको गीत ‘मेरो दुःख मेरो पिडा’ सार्वजनिक भएको छ । सुजन कोइरालाको शब्द रचना, श्रीधर अधिकारीको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
बबिता श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा गायिका विष्टको साथमा अर्जुन सापकोटा, नवराज थापाको अभिनय देख्न सकिन्छ ।
महेश महराको छायांकन रहेको भिडियोमा कल्पेश विश्वकर्माको सम्पादन छ । भिडियोलाई डिजिटल चिम्पाञ्जी इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements