काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोट-२०२५ मा नेपाल एसियाली पावरहाउस देशहरूको समूहमा परेको छ । बिहीबार सार्वजनिक गरिएको ड्र अनुसार नेपाल एसियाली महारथि जापान र कतारसँगै समूह ‘एफ’ मा रहेर छनोट खेल खेल्नेछ ।
समूहमा जापान, कतार, मंगोलिया र नेपाल रहेका छन् । जापान प्रतियोगिताको साबिक विजेतासमेत हो । उसले २०२३ मा थाइल्याण्डमा भएको यू-१७ एसियन कपमा दक्षिण कोरियालाई हराएर उपाधि जितेको थियो ।
२०२३ मा भने नेपाल भियतनाम, थाइल्याण्ड र चाइनिज ताइपेइ रहेको समूहमा परेको थियो । तर, खराब प्रदर्शन गरेको नेपाल सबै खेलमा पराजित हुँदै तीन खेलमा १२ गोल खान पुगेको थियो । यो समूहका खेल कतारले आयोजना गर्ने एएफसीले जनाएको छ । छनोटका खेल आगामी अक्टोबरदेखि सुरु हुनेछन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता