काठमाडौं : साहित्यकार रत्न कुमार इङ्नामको कृती 'श्री गुरु भुवानन्द ब्रम्हचारी'को एक भब्य कार्यक्रमको साथ पुर्व प्रमुख जिल्ला अधिकारी भगिराज इङनाम ज्योतिषविद डा. चन्द्र कुमार शेर्मा प्रज्ञा परिषद सदस्य चेतन सापकोटालगायतले सामुहिक रुपमा लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रम संयोजक तथा चलचित्र निर्देशक उदय सुब्बाले स्वागत भाषण गर्नुभएको उक्त कार्यक्रमको प्रमुख अतिथि मदन पुरस्कार बिजेता भगिराज इङनाम हुनुहुन्थ्यो भने विशेष अतिथि ज्योतिषविद डा. चन्द्र कुमार शेर्मा युवा नेता रमेश लिङदेन रहनु भएको थियो त्यस्तै अन्य अतिथिहरुमा प्रज्ञा परिषद सदस्य चेतन सापकोटा इन्द्र बहादुर चोङबाङ चलचित्र निर्माता संघको सचिव किसान पोखरेल मिक्तोक इङनामलगायत थिए ।
'श्री गुरु भुवानन्द ब्रम्हचारी' पुस्तकको बारेमा बोल्दै अतिथिहरुले गुरु भुवानन्द ब्रम्हचारीको समाज र समुदायको उन्नतिको निम्ति उहाँले गर्नुभएको त्याग ज्ञान प्राप्तिको लागि गुरु भुवानन्द ब्रम्हचारी सिक्किम भुटानलगायत बिभिन्न स्थानमा भ्रमण गर्नुको साथै सबैलाई चेतना र सन्देश दिनुभएको थियो भन्दै धर्मले जहिले पनि समाजलाई सकारात्मक दिशा तर्फ लैजान्छ भनेर आ-आफ्नो धारणा राख्नु भएको थियो । साहित्यकार रत्न कुमार इङ्नामको यो तेस्रो पुस्तक हो ।
लेखकले अन्त्यमा आफ्नो भनाइ राख्ने क्रममा पुस्तक लेखनको समयमा भएको अनुभव 'श्री गुरु भुवानन्द ब्रम्हचारी'को महिमा र उहाँको योगदानको चर्चाको साथै समय सापेक्ष केहि कबिताहरु पनि सुनाउनु भएको थियो र अब चाडै अर्को पुस्तक पाठक माझ लिएर आउने जानकारी पनि दिनुभएको थियो भने कार्यक्रमको अध्यक्षता लेखक स्वयमले गर्नु भएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता