✍️ निर्दोष पाठक
दुःखी त होइन म
खुशीको मापदण्ड के हो
अभावमा त बाँचेको छैन म
सम्पन्नताको परिभाषा के हो
इच्छा चाहना पुगेकै छ
महत्वकांक्षाको सीमा के हो
मनोकांक्षाको कमी हो कि
पूर्णताको परिभाषा के हो
जीवनको महत्व बुझेको छु
तर समाजको दृष्टि के हो
सरलता र इमानदारी थाहा छ
मानव जगतको उद्देश्य के हो ?
चाबहिल, मैजुबहाल ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता