काठमाडौं । संगीतकार शान्त शिशिरको लय संगीतमा नयाँ गीत ‘बेसारे माया...’ सार्वजनिक भएको छ । शिशिरले आफ्नै अफिसियल च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गनुभएको हो । नवीनबाबु विश्वकर्माको शब्द रचना रहेको यो लोकदोहोरी भाकाको गीतमा विक्रम परियार र अञ्जु विश्वकर्माको युगल स्वर छ ।
काजिश श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा काजिससँगै सुष्मा कुँवर, सञ्चिता शाही र शान्त शिशिर आफैंले अभिनय छ । भिडियोमा रक कौशलको छायांकन, दीपक विष्टको सम्पादन तथा रंग संयोजन र श्वेता मगरको शृंगार छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता