झापा । चोरी गरेका तीनवटा मोटरसाइकलसहित सुरुङ्गा प्रहरीले एक नाबालकसहित पाँचजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा कनकाई नगरपालिका-४ का २१ वर्षीय कृष्ण घिमिरे, १८ वर्षीय प्रियंक कंडेल, १८ वर्षकै नवीन बस्नेत, १५ वर्षीय नाबालक र कनकाई नगरपालिका-३ का १८ वर्षीय समिक चुडाल छन् ।
उनीहरूले चोरी गरेका प्रदेश १-०२-०१ प. ३१४६ नम्बरको केटीएम डुक, मे. ९ प. ६४६१ नम्बरको एनएस, प्रदेश ३-०२-००९ प.५२२१ नम्बरको क्रोश फायर मोटरसाइकल प्रहरीले बरामद गरेको छ। कानुनी प्रक्रिया पुर्याएर मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता दिने तयारी प्रहरीले गरेको छ ।
कनकाई ३ र ४ का ती युवाले सोही वडाबाट मोटरसाइकल चोरी गरेको सुरुङ्गा प्रहरी टोलीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






