काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्कालाई दर्शक कसरी आफुतर्फ आकर्षित गर्न सकिन्छ भन्ने कुरामा राम्रो ज्ञान छ। स्वस्तिमाको सुन्दरताको विषयमा समर्थकहरुले जहिल्यै तारिफ गरेको पाइन्छ । उहाँको अभिनय र पोशाकले थप चर्चामा ल्याउने गरेको देखिन्छ ।


चलचित्र ‘ होस्टेल रिटर्न्स’बाट चलचित्रमा अभिनय यात्रा थालेकी स्वस्तिमाले एक दर्जन चलचित्रमा अभिनय गरिसक्नुभएको छ। उहाँका अधिकांश चलचित्रहरु सफल भइसकेका छन् । चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरेकी स्वस्तिमा आफै चलचित्र निर्माणमा समेत जुट्नुभएको छ । हालै उहाँले आफ्नै लगानीमा चलचित्र ‘बेहुली फ्रम मेघौली’निर्माण गर्नुभएको छ ।










देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता