काठमाडौं । हिटाकर्मी गीता अधिकारीलाई निशा घिमिरे स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच अधिकारीलाई नगद १० हजार रुपैयाँसहित उक्त पुरस्कार अर्पण गरिएको हो । वरिष्ठ कलाकार भुवन चन्द, बसुन्धरा भुसाल, चैत्य देवी, मिथिला शर्मा, शर्मिला मल्ल, सपना श्रेष्ठ, नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निशा घिमिरे स्मृति कोषका अध्यक्ष दुर्गानाथ दाहाल र परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष तथा चलचित्र लेखक एवं निर्देशक मोहन निरौलालगायतले सो पुरस्कार अर्पण गर्नुभएको थियो ।
कार्यक्रममा परिवर्तन नेपाल र निशा घिमिरे स्मृति कोषले संयुक्तरूपमा सम्मान तथा पुरस्कार अर्पण गरेको थियो । परिवर्तन नेपालद्वारा स्थापित चेतन कार्की स्मृति पुरस्कार वरिष्ठ चलचित्र निर्देशक आकाश अधिकारीलाई नगद १५ हजार रुपैयाँसहित अर्पण गरिएको थियो भने वरिष्ठ चलचित्र निर्देशक दयाराम दाहाललाई निशा घिमिरे स्मृति सम्मान अर्पण गरिएको थियो ।
समारोहमा नायिका तथा मोडल अनु शाहलाई नगद २० हजार रुपैयाँसहित निशा घिमिरे स्मृति पुरस्कार प्रदान गरिएको थियो भने निशा घिमिरे स्मृति प्रतिभा पुरस्कारबाट मोडल तथा गायिका बबिता ढकाललाई नगद २० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको थियो ।
नवजीवन परोपकारी समाज एवं निशा घिमिरे स्मृति कोषका अध्यक्ष दुर्गानाथ दाहालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका कलाकार, निर्देशक एवं सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts