मेयर कप महिला फुटबलको खेल तालिका सार्वजनिक

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरमा संचालन हुने खुला मेयर कप महिला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा फागुन २५ गते देखि २८ गतेसम्म छैटौं महिला मेयर कप फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाउने आयोजन भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिनुभयो ।

ADVERTISEMENT

प्रतियोगितामा भोजपुर नगरपालिका वडा नम्वर १०, भैसिपंखा, सुम्निमा बहुप्राबिधिक बिद्यालय भोजपुर, ओ.ए.सिस. क्लव, धनकुटा नगरपालिका, रिमाचुङ स्पोर्टस एण्ड एजुकेशन र नमो बुद्ध युथ क्लव सप्तरीको सहभागिता हुने अध्यक्ष सुवालले बताउनुभयो । तालिका अनुसार फागुन २५ गतेको पहिलो खेल भोजपुर नगरपालिका वडा नम्वर १०, भैसिपंखा र सुम्निमा बहुप्राविधिक विद्यालय भोजपुरका बीचमा हुने छ ।

प्रतियोगितामा विजेता हुने टिमले नगद एक लाख पाँच हजार पाँच सय ५५ रुपैया र उपविजेता टिमले नगद ५१ हजार पाँच सय ५५ पाउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *