काठमाडौं । जापानिज ब्राण्ड पानासोनिकले नेपाली बजारमा नयाँ मोडलको वासिङ मेसिन र एयर कन्डिसनर ल्याएको छ । कम्पनीले एक समारोहबीच उक्त सामग्रीको बिक्रीवितरण सुरू गरेको जनाएको छ । कार्यक्रम उद्घाटन पानासोनिक नेपालका प्रबन्ध निर्देशक शैलेश संघाई र विशेष अतिथि पानासोनिक लाइफ सोलुसन इण्डियाका भूपेन्द्र भारद्वाजले संयुक्तरूपमा गर्नुभएको थियो ।
प्रबन्ध निर्देशक संघाईले घरायसी सामग्रीको उत्पादनमा सय वर्षभन्दा बढी अनुभव रहेको पानासोनिक ब्राण्डले उत्पादन गरेका सामग्री विश्वसनीय भएका कारण आमनेपाली उपभोक्ताले लामो समयदेखि आफ्नो घरायसी जीवनशैली सहज बनाउन पानासोनिक ब्राण्डका सामग्री उपयोग गर्दै आएको बताउनुभयो ।
पानासोनिक लाइफ सोलुसन इण्डियाका भूपेन्द्र भारद्वाजले भविष्यलाई लक्षित गरी उत्पादन बजारमा ल्याउने भएकाले नयाँ पुस्ताले पानासोनिकका उत्पादन अझ रुचाउने कम्पनीको विश्वास छ । पानासोनिकले बिक्री सुरू गरेको वासिङ मेसिनमा आठ र नौ केजी क्षमता रहेको, कपडा पनि सरलरूपमा धुन सक्ने एक्टिभ फोम सिस्टम तथा छिटो लुगा धुने र सोही क्रममा अन्य थप लुगा मेसिनमा हाल्न सकिनेलगायत विशेषता रहेको कम्पनीको दाबी छ । पानासोनिक नेपालका उपबिक्री प्रबन्धक रूपेशराम त्रिपाठीले पानासोनिकका उत्पादन लामो समय वारेन्टी अवधि, सहज मर्मत, कम बिजुली खपतजस्ता सुविधाका कारण उपभोक्ताले रुचाउनेमा विश्वस्त रहेको बताउनुभयो ।






