काठमाडौं । यो स्वर्गचरी नेपालमा पाइने एक प्रकारको चरा हो । सेतो लोमो पुच्छर भएको भाले हो भने खैरो छोटो पुच्छर भएको पोथी हो ।
यसलाई अङ्ग्रेजीमा ‘इन्डियन प्याराडाइज फ्लाइक्याचर’ भनिन्छ। यो नेपालमा सधै पाईदैन । फिरन्ते यो चरा भारत र श्रीलंकाबाट स्वर्गचरीहरू नेपाल आउने गर्दछ ।
काठमाडौं उपत्यका ओरिपरिको जंगलमा चैत्रको पहिलो हप्ता तिर आईपुग्छ । तर धेरैलाई थाहा नहुन सक्छ यो चरा काठमाडौं बाहिर पनि देखिन्छ ।
फोटो उदयपुर जिल्लाको चौदण्डि नगरपालिकाको बेल्टार बजारमा आसारको मध्यतिर स्थानीहरूको बारीतिर विचरण गर्दै गरेको अवस्थामा खिचिएको हो ।












