काठमाडौं । टेलिशृंखला मात्रै प्रसारण गर्ने उद्देश्यले नयाँ टेलिभिजन प्रिज्मा टेलिभिजन आएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच टेलिभिजनको औपचारिक जानकारी दिइएको हो । कार्यक्रममा अभिनेता तथा निर्देशक नीर शाहले प्रिज्मा टेलिभिजन विश्वभर छरिएर रहेका नेपाली भाषीलाई एक सूत्रमा बाँध्ने बताउनुभयो । उहाँले प्रिज्मा टेलिभिजन भिन्न सोचका साथ आएकोले सबैको साथ र सहयोग मिल्ने अपेक्षा गर्नुभयो ।
कार्यक्रममा प्रिज्मा टेलिभिजनका सञ्चालक तथा कलाकार पनाह अधिकारीले सिरिजमात्रै प्रसारण हुने यो टेलिभिजन विधागत रूपमा मुलुककै पहिलो च्यानल हुने बताउनुभयो । विभिन्न भाषाका विदेशी धारावाहिकलाई पनि नेपाली डबिङ गरेर प्रसारण गर्ने च्यानलको उद्देश्य रहेको उहाँको भनाइ थियो ।
टेलिभिजनमार्फत विश्व बजारमा सांस्कृतिक आदानप्रदानको अभियानलाई बलियो बनाउने र राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यको रूपमा सिरिजको माध्यम अपनाइने प्रिज्माको प्रमुख उद्देश्य रहेको कार्यकारी निर्देशन निर्जल श्रेष्ठले जानकारी गराउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts