
काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सुजन चापागाईंको स्वर/संगीत, हर्क साउदको शब्द रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । मोसन ग्राफिक्समार्फत् प्रस्तुत गरिएको गीतको भिडियोमा चलचित्रका मुख्य पात्रको प्रेमकथाको केही अंश गीतमा प्रस्तुत छ । अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रेमिल भाव गीतमा चित्रण गरिएको छ ।
नवीन चौहानको कथा तथा निर्देशन रहेको यो चलचित्रको केही दिनअघि पहिलो पोष्टर सार्वजनिक गरिएकोे थियो । चलचित्रमा विपिन र मिरुनासँगै माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपांगी मगर, कवि राई, रूपेश लामा, प्रकाश बस्नेतलगायत कलाकारको अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच