काठमाडौं । भुटानको थिम्पुमा भएको दोस्रो भुटान जिता-क्योइ जुडो प्रतियोगितामा नेपालले तीन स्वर्णसहित पाँच पदक जितेको छ । नेपालले दुई रजत पनि जित्यो ।
पुरुष ६० केजीमा काशिराम महौत, महिला ५७ केजीमा पेमा याङ्जी शेर्पा तथा महिला ४४ केजीमा दीपाकुमारी खत्रीले स्वर्ण जितेको खेलकुद निर्देशक सुप्रसिद्ध ताम्राकारले जनाउनुभएको छ । पुरुष ६० केजीमा पेम्बा दोर्जी शेर्पा तथा महिला ५७ केजीमा वन्दना कुलुङले रजत हात पार्नुभयो ।






