भोजपुर । प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि भोजपुरले खुला बी डिभिजन ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको छ ।
आगामी फागुन ७ गतेदेखि ९ सम्म भोजपुरमा जिल्ला कमिटिले खुल्ला बी डिभिजनको ब्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको युवा संघका केन्द्रिय सदस्य बिमल रणपहेलीले जानकारी दिनुभयो । पछिल्लो समयमा अन्य प्रतियोगिता भन्दा पनि ब्याडमिन्टन तर्फ आर्कषण बढदै गएकाले युवा संघले पनि खेल तर्फ प्रोत्साहनका लागि सोही प्रतियोगिता संचालन गरिएको केन्द्रिय सदस्य रणपहेलीको भनाई छ ।
टिम दर्ताको समय फागुन ४ गतेसम्म रहेको छ । प्रतियोगिताअन्तर्गत प्रथम टिमले नगद २२ हजार दुई सय २२, दोश्रोले ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।






