काठमाडौं । आजबाट प्रेम सप्ताह (भ्यालेन्टाइन विक) सुरु भएको छ । यसलाई प्रेम व्यक्त गर्ने पर्वका रुपमा पनि लिइन्छ ।‘रोज डे’ देखि भ्यालेन्टाइन डे सम्म, माया गर्नेहरूका लागि यो विशेष हप्ता हाे ।
‘भ्यालेनटाइन विक’ हरेक वर्ष फेब्रुअरी ७ तारिखदेखि सुरु भएर १४ तारिखसम्म मनाउने गरिन्छ । केही दिन पहिलेदेखि नै बजारमा रातो, पहेँलो, गुलाबी रंगका गुलाफको व्यापार सुरु भइसकेको छ । यसै पनि ‘रोज डे’ मा अरु बेलाभन्दा बढी गुलाफ बिक्री हुने गर्छ ।
रोज डे मनाउनुको कारण गुलाबको फूललाई प्रेमसँग जोडेर हेर्ने परम्परा हो। रातो गुलाबलाई प्रेमको प्रतीक मानिन्छ।
पुस्तक, चलचित्र, गीत र इतिहासमा समेत गुलाबलाई प्रेमको प्रतीक मानिएको छ। भ्यालेन्टाइन सप्ताहको सुरुवात गुलाफ दिएर हुन्छ। भिक्टोरियन र रोमीहरूले पनि गुलाबले आफ्नो प्रेम व्यक्त गर्थे भन्ने विश्वास गरिन्छ।
हरेक वर्ष फेब्रुअरी १४ मा प्रणय दिवस मनाइँदै आएको छ । त्यसअघिका ६ दिन अर्थात भ्यालेन्टाइन सप्ताहमा पहिलो दिन फेब्रुअरी ७ रोज डे, फेब्रुअरी ८ प्रपोज डे, फेब्रुअरी ९ चकलेट डे, फेब्रुअरी १० टेडी डे, फेब्रुअरी ११ प्रमिस डे, फेब्रुअरी १२ हग डे, फेब्रुअरी १३ किस डे मनाइन्छ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts