काठमाडौं । सुरभि साहित्य प्रतिष्ठानको सोह्रौं स्थापना दिवसको अवसर पारेर एक विशेष कार्यक्रम शनिबार सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा.डा.ऋषिराम पोखरेललाई अभिनन्दन गरिएको थियो भने प्रा.डा.माधवप्रसाद पोखरेल, प्रा.डा.गोविन्दराज भट्टराई, ध्रुव सापकोटा, महेश प्रसार्इं, ललिता दोषी, इन्द्रकुमार श्रेष्ठ सरित र लीलाराज दाहाललाई पुरस्कृत गरिएको थियो । यसैगरी गोपी मैनाली र ठाकुर शर्मा भण्डारीलाई विशेष सम्मान अर्पण गरिएको थियो ।
काठमाडौंको जोरपाटी ढोल्खाधारो कुटी बेंसीगाउँमा भएको सो कार्यक्रमको उक्त प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले सभापतित्व गर्नुभएको थियो । अच्युत घिमिरेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमा इन्द्रकुमार श्रेष्ठ सरित र निर्मलरमण पराजुलीले लघुकथा वाचन गर्नुभएको थियो । कार्यक्रममा विजय चालिसे तथा गोविन्द घिमिरे वेदमणिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि दीपक रिसालले साहित्यकारहरू देशका पहरेदार हुन् भन्नुभयो । पुरस्कृत तथा अभिनन्दित व्यक्तित्वहरूमध्येबाट प्रा.डा.ऋषिराज पोखरेल, प्रा.डा.गोविन्दराज भट्टराई, प्रा.डा.माधवप्रसाद पोखरेल, गोपीनाथ मैनाली र ध्रुव सापकोटाले मन्तव्य राख्नुभएको थियो भने परशुराम पराशरले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements