बोस्टन । साहित्यकार गीतकार कवि तथा चलचित्र निर्माता अनु शाहलाई अनेसास नवरत्न पुरस्कार अर्पण गरिएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनीय योगदान पुर्याएबापत उहाँलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नवरत्न पुरस्कारले सम्मानित सम्मान गरेको हो ।
साहित्यकार शाहलाई नगद दुई सय पचास डलरसहित सम्मानपत्रबाट सम्मानित गरिएको छ । अनेसास केन्द्रीय अध्यक्ष गोवद्र्धन पूजा, अनेसास केन्द्रीय महासचिव विमला निरौला, अनेसास ट्रष्टी, पुरस्कार समितिका सदस्य, साहित्यकार कवि तथा वरिष्ठ समाजसेवी ईश्वरीप्रसाद भट्ट, साहित्यकार, समाजसेवी मोहन निरौला तथा कवि दीपा राई पुनद्वारा शाहलाई उक्त नगद पुरस्कारसहितको सम्मान हस्तान्तरण गरिएको थियो ।
अनेसास नवरत्न पुरस्कार अनु शाह (साहित्य-बोष्टन)लगायत प्रभा आचार्य (साहित्य-कोलोराडो), ज्योति राई (समाजसेवा-न्यूयोर्क), मञ्जु कार्की संग्रौला (डिसी-समाजसेवा), माया गुरुङ (साहित्य-बेलायत), रीतादेवी प्रधान (क्यालिफोर्निया-साहित्य), शान्ता घिमिरे (न्यूजर्सी-साहित्य), डा.संगीता स्वेच्छा (साहित्य-बेलायत) र सुनिता डंगोल (उपमेयर-काठमाडौं, समाजसेवा)लाई प्रदान गरिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements