काठमाडौँ । सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ ।
चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ परेको हो ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरण तीन जना पक्राउ परेका छन् ।
जसमा चौधरी ग्रुपका एक सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक चौधरी, छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पक्राउ गरेको हो ।











