सुदूरपश्चिममा माओवादी केन्द्रको दलको नेता परिवर्तन

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 1 min

धनगढी । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता परिवर्तन गरिएको छ । आज (शुक्रवार) बसेको बैठकले बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता परिवर्तन गरेको हो ।

यसअघि दलको नेता रहेका खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाएको प्रदेश सभा सदस्य शिवसिह ओलीले जानकारी दिनुभयाे । धामी दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ । उहाँ सुदूरपश्चिमको पूर्व वनमन्त्रीसमेत हुनुहुन्छ ।

ADVERTISEMENT

यस्तै उपनेतामा उपनेता अक्कल रावल चयन भएको प्रदेश सभा सदस्य ओलीले जानकारी दिनुभयाे । सुदूरपश्चिममा माओवादी केन्द्र पनि २ मन्त्री र एक राज्यमन्त्रीसहित गठबन्धन सरकारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज