धनगढी । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता परिवर्तन गरिएको छ । आज (शुक्रवार) बसेको बैठकले बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता परिवर्तन गरेको हो ।
यसअघि दलको नेता रहेका खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाएको प्रदेश सभा सदस्य शिवसिह ओलीले जानकारी दिनुभयाे । धामी दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ । उहाँ सुदूरपश्चिमको पूर्व वनमन्त्रीसमेत हुनुहुन्छ ।
यस्तै उपनेतामा उपनेता अक्कल रावल चयन भएको प्रदेश सभा सदस्य ओलीले जानकारी दिनुभयाे । सुदूरपश्चिममा माओवादी केन्द्र पनि २ मन्त्री र एक राज्यमन्त्रीसहित गठबन्धन सरकारमा छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता