मुम्बई। शाहरुख खानको ‘डंकी’ २१ डिसेम्बर २०२३ मा सिनेमाघरमा रिलिज भएको थियो। यो कमेडी ड्रामा फिल्मले बक्स अफिसमा राम्रो सुरुवात गरेको थियो तर प्रभासको ‘सालार’ सँगको टकरावले फिल्मलाइ निकै असर गर्यो ।
शाहरुख खानको यो फिल्मले पठान र जवान झै अपेक्षा गरेजति कमाई गर्न सकेन । अहिले बक्स अफिसमा यो फिल्मको गति निकै घटेको छ । प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार ‘डंकी’ले रिलिजको २२ औं दिनमा १.१५ करोडको व्यापार गरेको छ। यो सँगै ‘डंकी’ को २२ दिनमा कुल कमाई २२१.७७ करोड पुगेको छ ।
फिल्मको हप्ता अनुसार कमाईको कुरा गर्ने हो भने पहिलो साता‘डंकी’ को कलेक्सन १६०.२२ करोड थियो भने दोस्रो हप्तामा ‘डंकी’ले ४६.२५ करोड कमाएको थियो । फिल्मले तेस्रो हप्ताको तेस्रो सोमबार १.५ करोड, तेस्रो मंगलबार १.४ करोड र तेस्रो बुधबार १.२५ करोड कलेक्सन गरेको छ ।
यो फिल्मले विश्वभर दैनिक करोडौंको कलेक्सन गरिरहेको छ । रेड चिलीज इन्टरटेनमेन्टले ‘डंकी’ को २१ दिनको विश्वव्यापी संग्रहको तथ्यांक साझा गरेको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts