भोजपुर । पहाडी जिल्ला भोजपुरमा आगामी माघ नौ गतेबाट प्रथम मेयरकप अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । भलिवल खेललाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पालिका स्तरीय भलिवल प्रतियोगिता आयोजना गरिएको हो ।
माघ नौ गतेबाट माघ १२ गतेसम्म हुने प्रतियोगितामा जिल्ला भित्रका र बाहिरका पालिकाहरुको टिमले सहभागिता जनाउन पाउने छन् । भोजपुर नगरपालिकाको मुख्य प्रायोजन तथा जिल्ला खेलकुद बिकास समितिको आयोजना र भोजपुर जिल्ला भलिवल संघको प्राबिधिक सहयोगमा प्रतियोगिता संचालन हुन लागेको जिल्ला खेलकुद विकास कार्यालय भोजपुरका सचिव ग्याल्जेन शेर्पाले बताउनुभयो ।
करिव छ लाख तीस हजारको लागत अनुमानमा संचालन हुन लागेको प्रतियोगिताको लागि भोजपुर नगरपालिकाले पाँच लाख सहयोग गरेको छ भने अन्य रकम सहयोग संकलन गरिने सचिव शेर्पाको भनाई रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद एक लाख र दोश्रोले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने सेमीफाइनलका दुई टिमले नगद २५-२५ हजार पाउने छन् ।
प्रतियोगिताका सहभागि टिमहरुलाई यातायात र बसोवास बापत १० हजार उपलब्ध गराईने आयोजकले संस्था जिल्ला खेलकुद विकास समिति भोजपुरले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts