काठमाडौं । यही २७ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘पर्खी बसेँ तिमीलाई’को शीर्ष गीत सार्वजनिक गरिएको छ । प्रमोद खरेल र अनु चौधरीको स्वर, महेश खड्काको संगीत र डा.कृष्णहरि बरालको शब्द रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा यसै चलचित्रमार्फत डेब्यु गर्दै गर्नुभएका अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकी फिचर्ड हुनुहुन्छ । दीपक श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रको हालै ट्रेलर पनि सार्वजनिक गरिएको थियो । ट्रेलरलाई दर्शकले रुचाइरहेका छन् ।
रोमन फिल्म र तपश्री फिल्मस् (सिक्किम)को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सनविक्रम राई, सुनिता श्रेष्ठलगायतका कलाकारले अभिनय छ । राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सहनिर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन चलचित्रमा छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements