भोजपुर । प्रदेश स्तरीय अन्तर पालिका भलिवल प्रतियोगिता पहाडी जिल्ला भोजपुरमा माघमा संचालन हुने भएको छ । जिल्लाको उत्तरमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा कोशी प्रदेश स्तरीय भलिवल प्रतियोगिताको आयोजना गरिएको हो ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रदेशका पालिकाहरुले सहभागिता जनाउन पाउने गरी प्रतियोगिताको आयोजना भएको जिल्ला खेलकुद विकास समिति भोजपुरका अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रदेश भरीका एक सय ३७ वटा पालिकाहरुले सहभागिता जनाउन पाउने छन् ।
प्रतियोगितामा विजेता हुने टिमले एक लाख ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेता हुने टिमले एक लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै प्रतियोगितामा तेस्रो हुने टिमले नगद ५० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता अन्तर्गत उत्कृष्ठ ६ विधामा खेलाडीहरुले पाँच हजार साथमा मेडल र प्रमाणपत्र पाउने जिल्ला खेलकुद विकास कार्यालय भोजपुरका सचिव ग्याल्जेन शेर्पाले बताउनुभयो ।
आगामी माघ २४ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले जिल्लाको खेलकुद पर्यटनमा समेत मद्धत पुग्ने छ । “सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुद मार्फत् पर्यटनको सन्देश” भन्ने मुल नाराका साथ हुने प्रतियोगितामा कोशी प्रदेश भरिका पालिकाहरुले नगद २५ सय तिरेर टिम दर्ता गर्न पाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेर्पाले बताउनुभयो ।
भलिवलका उत्कृष्ठ खेलाडीहरु उत्पादन गरेको भोजपुरमा पछिल्लो समयमा कम हुँदै गएको प्रतियोगिताले खेलाडीहरुमा उत्साह समेत हराएकाले प्रदेश स्तरीय प्रतियोगिता नै आयोजना गर्नुपर्ने आवश्यकता भएको समितिका अध्यक्ष शेर्पाको भनाई रहेको छ । “खेलकुद क्षेत्रको विकासका लागि समितिले काम गरि रहेको छ, खेदकुद क्षेत्रका लागि परिचित जिल्लाकारुपमा भोजपुरलाई चिनाउने गरी काम गर्ने छौ ।” अध्यक्ष शेर्पाले भन्नुभयो ।
राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नारालाई पुर्ण सार्थकता दिनको लागि खेलकुद अपरिहार्य भएको जिल्ला खेलकुद विकास कार्यालयका सचिव शेर्पाले बताउनुभयो । "खेल बिना मानिस अधुरो हुन्छ भने खेलले स्वस्थ्यलाई सुधार्ने काम गर्छ र मानिस पुर्णरुपमा स्वास्थ्य हुन्छ भन्ने कुरामा पनि हामीले ध्यान दिएका छौ," सचिव शेर्पाले भन्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts