भोजपुर । कर्तब्य ज्यान मुद्धामा संलग्न रहेर फरार रहेका एक जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले ३० बर्ष पछि पक्राउ गरी सार्वजनिक गरेको छ ।
घटनामा संलग्न भएर फरार रहेका भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ५ खावाका ४६ बर्षिय पूर्णहाङ राईलाई पौष १४ गते राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी सुदिपराज पाठकले जानकारी दिनुभयो । राईलाई ललितपुरमा बसोबास गर्दै गरेको अवस्थामा फेला पारेर पक्राउ गरी भोजपुर ल्याईएको प्रहरी प्रमुख डिएसपी पाठकले बताउनुभयो ।
२०५० साल मंसिर ३ गते राईसहितको संलग्नतामा साविक कोट गाउँ बिकास समितिका राजधन राईको खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । हत्याका मुख्य प्रतिवादी शुक्रदेव राईको फरार रहेको अवस्थामा मृत्यु भई सकेको जानकारी आएको र सो सम्वन्धमा थप अनुसन्धान जारी राख्दै अन्य संलग्न प्रतिवादीहरुको पनि खोजी कार्य जारी राखेको प्रहरी प्रमुख डिएसपी पाठकले बताउनुभयो ।
फरार रहेर पक्राउ परेका पूर्णहाङलाई भने सोमवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दे सार्वजनिक गरिएको हो । २०६१ साल भाद्र २८ गते जिल्ला अदालत भोजपुरबाट पूर्णहाङलाई घटनामा संलग्न रहेको भन्दै तीन बर्ष कैदको सजाय भएको थियो । फरार रहेका मुख्य प्रतिवादी शुक्रदेवलाई भने अदालतले २० बर्षको कैद सजाय तोकेको प्रहरीले जनाएको छ ।
०५० कार्तिक २७ गते लक्ष्मी पुजाको दिन देउसी खेल्नेक्रममा प्रतिवादीहरु शुक्रदेव, पूर्णहाङ लगायत गरी २६ जनाले मृतकका दाजु जाहेरवाला बागधन राईसँग बादबिवाद गर्दे राजधनलाई समेत कुटपिट गरेको घटनाका बिषयमा मंसिर तीन गते छलफल गरी मिलाउनेक्रममा पुनबादबिवाद भई राजधनलाई कुटपिट गर्नेक्रममा शुक्रदेव राईले खुकुरी प्रहार गरी कर्तब्य गरी उनको हत्या गरी फरार रहेको घटनाको अवस्था देखिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts