काठमाडौं । प्रहरी नायब महानिरीक्षक एवं कथाकार रवीन्द्र केसीको कथाकृति ‘सम्बन्धको दोबाटो’ विमोचन गरिएको छ । शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायतले कथाकृति विमोचन गर्नुभएको हो ।
कृति सार्वजनिक गर्दै महानिरीक्षक कुँवरले प्रहरीमा सेवारत थुप्रै सहकर्मीहरूले साहित्यमा ख्याति कमाएको स्मरण गर्दै सहकर्मीहरूबाट यसरी कृति आउनु खुशीको विषय भएको जिकिर गर्नुभयो । कथाकार केसीले जीवनका विविध आयाम आफ्ना कथाहरूमा समेटिएको सुनाउनुभयो ।
कार्यक्रममा डा.धु्रवचन्द्र गौतम, हरि अधिकारी, ज्ञानु अधिकारी, राजकुमार वानियालगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो । पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता