
काठमाडौं । न्यु एरा र पिस प्वाइन्टले सातौँ नेफ-ऋत कप अन्तरविद्यालय जुनियर यू-१६ छात्र फुटबल प्रतियोगितामा जित हात पारेका छन् । चाबहिल गणेशस्थान मैदानमा न्यु एराले नेसनल आइडियललाई ३-० गोलले पराजित गर्यो । पेम्बाले २ तथा दीपकले १ गोल गर्नुभयो ।
पिस प्वाइन्टले तिलिङटारलाई २-० गोलले हरायो । दुवै गोल हिमाल थिङले गर्नुभयो । उत्तरभेगीय शैक्षिक मञ्च तथा ऋत एकेडेमीद्वारा संयुक्तरूपमा आयोजित प्रतियोगितामा सांग्रिला, ग्रिनल्याण्ड र नोब्स विजयी भए ।
सांग्रिलाले साइपाल एकेडेमीमाथि ६-० को सहज जित दर्ता ग¥यो । चूडामणि राई र गम्भीर तामाङले समान २-२ तथा नुर्बु शेर्पा र अनिल बसेलले समान १-१ गोल गर्नुभयो । ग्रिनल्याण्डले सारथीलाई ४-१ गोलले पाखा लगायो । ग्रिनल्याण्डका लागि चारै गोल युवराज श्रेष्ठको नाममा रहृयो । सारथीका विश्वराज राईले सान्त्वना गोल गर्नुभयो ।
नोब्सले पृथ्वीलाई ३–१ गोलले पन्छायो । नोब्सका जेनिश धिमालले २ तथा जीवन बोगटीले १ गोल गर्नुभयो । पृथ्वीका सौरभ सिंहले १ गोल फर्काउनुभयो । एनआइसीले नवोदित तथा बलबसियाले बेलमाउन्टबाट वाकओभर पाए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच